काठमाडौं, माघ २६ । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पाँच वर्षमा पूर्वाधार विकासमा अर्थतन्त्रको नयाँ मोडल प्रयोग गर्नुपर्ने बताएका छन् ।
सभापति थापाले सोमबार सामाजिक सञ्जालमार्फत यस्तो बताउँदै ठेक्का तोडेर जादु गरे जस्तो गर्दा पूर्वाधारणको समस्या समाधान नहुने जनाएका छन्। नेपालमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या रहेको बताउदै उनले यसले विकासको लागत त बढाएको समेत बताएका छन् । सडक, सिँचाइ जस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु हाम्रो प्रतिबद्धता रहेको उनको भनाइ छ ।
पूर्वाधार समयमै बनाउने योजना सुनाउँदै पाँच वर्षमा नेपालले परिवर्तन गर्न सक्छ भन्ने उदाहरण कांग्रेसले पेश गर्ने सभापति थापादे दाबी गरे । ‘हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या छ। यसले विकासको लागत त बढाएको छ । सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु हाम्रो प्रतिबद्धता हो,’ उनले भनेका छन् ।




प्रतिक्रिया