प्रचण्डको दाबी : नेपालमा अहिले भूराजनीतिक चलखेलबाट हस्तक्षेप गर्ने कोशिस भइरहेको छ


काठमाडौं, २६ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा अहिले भूराजनीतिक चलखेलबाट हस्तक्षेप गर्ने कोशिस भइरहेको दाबी गरेका छन् । अहिले नेपालमा लोकप्रियतावाद हाबी हुन खोजेको भन्दै प्रचण्डले भने,‘सोसल मिडियामा स्टन्ट गरेका भरमा उनीहरू राजनीतिमा स्थापित हुन खोज्दैछन् । विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिज्मलाई समाजवाद र लोकतन्त्रविरुद्ध प्रहार गराउन लगानी गर्छ । नेपालमा पनि अहिले भूराजनीतिक चलखेलबाट हस्तक्षेप गर्ने कोसिस भइरहेको छ ।’

आज काठमाडौं–५ मा आयोजित पार्टीको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । उनले देशलाई कुनै योगदान नगरेकाहरू सोसल मिडियामा स्टन्ट गरेर राजनीति जित्न भनेर अग्रसर भइरहेको पनि टिप्पणी गरे । साम्राज्यवादीहरूले विभिन्न देशमा लोकतन्त्र र समाजवादविरुद्ध प्रहार गराउन पपुलिस्टहरूलाई लगानी गर्ने गरेको उनको टिप्पणी थियो । यो निर्वाचनमा आफूले नेतृत्व गरेको नेकपा पहिलो दल बन्ने प्रचण्डको दाबी छ ।