रौतहटमा ज्येष्ठ नागरिकलाई भत्ता लिन सास्ती देखेपछि ऋषि धमला भावुक, आफ्नै गाडीमा लगेर भत्ता दिलाए


काठमाडौं, २६ माघ । मोवाइल चुनाव चिह्न लिएर रौतहट–४ बाट चुनावी प्रतिष्पर्धामा रहेका ऋषि धमला यतिवेला घरदैलोमा व्यस्त छन् । उनी जनतासँग मत माग्नुको साथै उनीहरुको पीर/मर्का पनि बुझ्दै हिँडेका छन् । तीन दशकभन्दा लामो सक्रिय पत्रकारिताबाट सिधै राजनीतिमा हाम फालेका धमला यतिवेला रौतहट क्षेत्र नम्बर ४ का गाउँ–गाउँ पुगेका छन् ।

योबीचमा जनता विकासबाट बञ्चित भएको देख्दा उनलाई असह्य पीडा भएको छ । आफूले चुनावी प्रतिष्पर्धा गरेको क्षेत्र शिक्षा र स्वास्थ्यमा सबभन्दा पुछारमा रहेको उनको भनाई छ । ज्येष्ठ नागरिकलाई सरकारले दिँदै आएको भत्ता लिनका लागि पनि सास्ती छ । आजमात्रै उनी चुनावी घरदैलोमा रहँदा बयलगाढा (टायर) मा वृद्धलाई राख्दै गरेको दृश्य देखे ।

उक्त दृश्य देख्नेवित्तिकै धमला दौडिएर के भयो भन्दै सोध्न पुगेको देखिन्छ । धमलाले विरामी हुनुभएको हो रु भनेर सोध्दा परिवारका सदस्यले विरामी नभएर ज्येष्ठ नागरिक भत्ता लिन बैंकसम्म पुग्न लागेको जवाफ दिएका थिए । धमलाले ज्येष्ठ नागरिकलाई वृद्धभत्ता लिनको लागि यस्तो सास्ती देखेपछि आफ्नै गाडीमा हालेर बैंकसम्म पुर्याउँछन् । अनि भत्ताm दिलाएर फेरि घरसम्मै पुर्याउँछन् । उनले ज्येष्ठ नागरिकलाई यसरी सास्ती दिन नहुने भन्दै सम्बन्धित सरोकारवालाहरुलाई घरघरमै भत्ता पुर्याउने व्यवस्था गर्न आग्रह गरेका छन् ।