कठमाडौं माघ २६ । नेपाली साहित्यका सुपरिचित स्रष्टा विजय मल्लको शताब्दी महोत्सवका अवसरमा ‘विजय मल्ल नइ शताब्दी पदक’ समर्पण गरिने भएको छ । मल्लका सिर्जनात्मक कृतिको अध्ययन अनि अनुसन्धानका साथै नाट्यमञ्चन तथा चलचित्र निर्माणका अतिरिक्त मल्लको सिर्जनात्मक योगदानका लागि उल्लेखनीय योगदान दिएबापत ३४ जनालाई ‘विजय मल्ल नइ शताब्दी पदक’ समर्पण गरिने भएको हो ।
‘विजय मल्ल नइ शताब्दी पदक’बाट विभूषित हुनेहरूमा अंशुमाला शाही, कृष्ण मल्ल, प्रा.केशव सुवेदी, गौतमरत्न तुलाधर, चन्द्रमाला शर्मा, चैत्यदेवी, टीका पहाडी, प्रा.डा.दयाराम श्रेष्ठ, प्रा.डा.देवीप्रसाद गौतम, प्रा.डा.देवीप्रसाद सुवेदी, नगेन्द्र थापा, नारायणदेवी प्रधान, नीर शाह, प्रेमबहादुर बस्नेत, भुवन केसी, मदनदास श्रेष्ठ, प्रा.डा.महादेव अवस्थी, मुरलीधर, रवीन्द्र खड्का, रीतादेवी प्रधान, रेणु श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, वसन्त श्रेष्ठ, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, शकुन्तला शर्मा, शिव श्रेष्ठ, शैलेन्द्र सिम्खडा, सन्तोष पन्त, सुवर्ण क्षत्री, सुषमा शाही, हरिबहादुर थापा, हरिहर शर्मा र प्रा.डा.हेमचन्द्र नेपाल छन् ।
आगामी फागुन १६ गते ‘विजय मल्ल नइ शताब्दी पदक’ समर्पण गरिने भएको छ । नइ एकेडेमीको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । मल्ल अनुराधा, कुमारी शोभा, एक बाटो अनेक मोड, परेवा र कैदी, विजय मल्लका कविता, नाटक एक चर्चा, पत्थरको कथा, दोभान, भित्तेघडी, स्मृतिको पर्खालभित्र, भूलै भूलको यथार्थ, बौलाहा काजीको सपना र कोही किन बर्वाद होस्लगायत कृतिका स्रष्टा हुन् ।




प्रतिक्रिया