काठमाडौं, माघ २७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ९ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा ५ हजार २५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर ५ हजार २४० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।




प्रतिक्रिया