नेकपाको घोषणापत्र तयार भयो, यही साता सार्वजनिक हुने


काठमाडौं, २७ माघ । प्रचण्ड नेतृत्वको नेकपाको चुनावी घोषणापत्र तयार भएको छ। नेकपाले यही साता घोषणापत्र सार्वजनिक गर्ने भएको हो । त्यसकोलागि आज निवाृचन परिचालन कमिटीको सचिवालय बैठक बोलाईएको छ ।

आज दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने बैठकले घोषणापत्रलाई अन्तिम रूप दिने भएको हो । घोषणापत्र संयोजक दाहालले एकसरो हेरिसकेका छन् । आज कमिटीको बैठकमार्फत फाईनल गरिने भएको हो ।