काठमाडौं, २७ माघ । आम जनता पार्टीकी उपाध्यक्ष एलिजा गौतम यतिवेला चुनावी घरदैलो कार्यक्रममा व्यस्त छिन् । ऋषि धमलाले उम्मेदवारी दिएको रौतहट–४ मा गौतमको चुनावी घरदैलो जारी छ । उनी सो क्षेत्रको विकासको लागि ऋषि धमलालाई मत दिएर जिताउनको लागि जनतासँग अपिल गर्दै हिँडेकी छिन् ।
गौतम आँफैपनि २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा आजपाबाट समानुपातिकतर्फ महिलातर्फ पहिलो नम्बरकी उम्मेदवार छिन् । उनी पोखरा, बर्दिया, नेपालगञ्जलगायतका चुनावी घरदैलो सकेर यतिवेला रौतहटमा केन्द्रित भएकी छिन् । उनी महिला दिदी÷बहिनी र आमाहरुको दुःख र मर्का सुन्दै हिँडेकी छिन् । आजपनि उनी विहानैदेखि घरदैलोमा सक्रिय भएकी छिन् । उनी जनताका गुनासो धेरैभन्दा धेरै सुन्ने प्रयास गरिरहेकी छिन् ।







प्रतिक्रिया