काठमाडौं, २७ माघ । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले नेपालमा ऋषि धमलालाई राजालाई झैं सबैले चिन्ने टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि थपलियासँग संवाद गर्दैै उनले धमलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओली भन्दा पनि देशव्यापी रुपमा जनताले चिन्ने बताएका हुन् । उनले धमालाले देश र जनताको दुःख बुझेको पनि बताए ।
‘तपाईँ आज पत्रकारिता गर्दा–गर्दा नेपालमा कि राजालाई हरेकले चिन्छ, या तपाईँलाई चिन्छन् । प्रचण्ड, ओलीहरु भन्दा पनि देशव्यापी रुपमा तपाईँ (धमला) नै चिनिनुहुन्छ । तपाईँले घरदैलो गर्नुभएको छ । जनताको दुःख प्रकट गरिदिनुभएको छ,’– उनले भने ।
राजनीतिमा जाँदा धमलाको सबैभन्दा ठूलो प्लस पोइन्ट भनेको पत्रकारिता गर्दाको तथस्टता रहेको पनि उनले बताए । डा.दीक्षितका अनुसार पत्रकारिता गर्दा धमलाले सबैलाई सम्मान दिने र न्युट्रालिटीमा नम्बर वान रहेका थिए ।
धमलाले देशको दुःख बुझेको र जहिले पनि जनताको लागि काम गरेको उनले बताए ।




प्रतिक्रिया