आज झापाको पूर्वी गौरादहका मतदातासँग भेटघाट गर्दै ओली



काठमाडौं, माघ २८ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज झापाको पूर्वी गौरादहका ११ स्ठानमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदैछन् । झापा-५ का उम्मेदवार रहेका ओली पार्टीको गौरादह नगर कमिटीले अहिले बिहान ११ बजे गौरादहको चारआलीदेखि शुरु गर्ने कार्यक्रम, पौने १२ बजे पेट्रोलपम्पमा, साढै १२ बजे डिठा चोक, दिउँसो १ बजे हाँसखोरामा मतदातासँग भेटघाट गर्ने कार्यक्रममा सहभागी हुँदैछन्

यसैगरी दिउँसो साढे १ बजे मादलडाँडा हुँदै पुरानो ग्वालडुब्बा र दिउँसो २ बजे ठकठकेमा कार्यक्रम राखिएको छ । त्यस्तै साढै २ बजे बैराती, ३ बजे जुरोपानी र साढे ३ बजे ग्वालडुब्बामा भेटघाट राखिएको छ । त्यस्तै सवा ४ बजे जामबाडी र पौने ५ बजे जयबहादुर अधिकारीको टोलमा कार्यक्रम राखिएको छ ।

अध्यक्ष ओलीले टोलटोलमा आयोजना गरिएका भेटघाटमा मतदाताका समस्या सुन्ने त्यसलाई सम्बोधनको प्रतिवद्धता जनाउने गर्दै आएका छन् । उनले हिजो पश्चिम गौरादहका बालबथानदेखि स्कूलचौनसम्मका १० स्थानमा मतदातासँग भेटघाट गरेका थिए ।