गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा, दिदी/बहिनीहरूसँग भलाकुसारी


काठमाडौं, २८ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही पुगेका छन् । कोशी प्रदेशका विभिन्न जिल्लाको चुनावी कार्यक्रम सम्पन्न गरेर उनी हिजो अपरान्ह मधेश पसेका हुन् । सप्तरी, सिराहा र धनुषा, महोत्तरी हुँदै उनी आज विहान सर्लाही पुगेका हुन्। थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा विहानैदेखि राजनीतिक भेटवार्तामा व्यस्त छन् ।

उनले आज सो क्षेत्रका दिदी÷बहिनीहरुसँग भलाकुसारी गरेको तस्विर सार्वजनिक गरिएको छ । आजमात्र रास्वपाका वरिष्ठ नेता बालेन शाह सर्लाही पुगेका थिए । उनी सर्लाहीबाट रौतहट, बारा हुँदै पर्सासम्म पुग्ने कार्यक्रम छ । सर्लाही ४ मा थापाको प्रतिष्पर्धा रास्वपाका उम्मेदवार डा. अमरेशकुमार सिंहसँग हुँदैछ ।