काठमाडौं, २८ माघ । धनुषा–३ निर्वाचन क्षेत्रका रामुपा नेपालका उम्मेदवार राजीवकुमार झा रास्वपामा प्रवेश गरेका छन् । राजेन्द्र महतोले नेतृत्व गरेको रामुपा नेपालका प्रभावशाली नेता मानिएका झा धनुषा–३ मा चुनावी प्रतिष्पर्धामा थिए ।
तर, उनी आज रास्वपामा प्रवेश गरी सो क्षेत्रमा रास्वपाबाट उम्मेदवार रहेका मनिष झालाई सघाउने भएका हुन् । झाको रास्वपा प्रवेशलाई लिएर रामुपा नेपालभित्र हलचल पैदा भएको छ ।




प्रतिक्रिया