सर्लाही, २८ माघ । आम जनता पार्टी (आजपा)का प्रवक्ता एवं सर्लाही–२ का उम्मेदवार चन्द्रभुषण साहले चुनावी भेटघाट एवं छलफललाई तिब्रता दिएका छन् । सर्लाहीको गौरव चमेली माईको दर्शन गर्दै उनले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै चुनावी अभियानको शुभारम्भ गरेका छन् ।
‘यो प्रतिबद्धता पत्र कुनै कागजी औपचारिकता होइन, यो मेरो जन्मभूमिप्रतिको जिम्मेवारी र मतदातासँगको पवित्र वचन हो । म पूर्ण विश्वासका साथ भन्न चाहन्छु कि सर्लाहीका न्यायप्रेमी, सचेत र स्वाभिमानी जनताले भ्रष्टाचार, ठगी र बेइमानी विरुद्ध सुशासन, बदलाव र विकासको पक्षमा सर्लाहीको पहिचान, सम्मान, समृद्धि र श्रेष्ठताका लागि मोबाईल छापमा मतदान गरी आम जनताको शक्ति स्थापित गर्नुहुनेछ । आम जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो । वचन पूरा गर्नु नै मेरो राजनीतिक संस्कार र दायित्व हो । जय चमेली माई ! जय जनता ! जय सर्लाही ! जय मोबाईल !’ भन्दै उनले आफ्नो चुनावी अभियान सुभारम्भ गरेका छन् ।
‘अब की बार जनता सरकार’ भन्दै साहले दलतन्त्र बिरुद्धको संघर्षलाई सफल बनाउन, जनतालाई देशको मालिक बनाउन र आधुनिक नेपाल निर्माण गर्ने अभियानमा सहभागि हुनका लागि सबैलाई मोवाईलमा मतदान गर्न अपिल समेत गरेका छन् ।
स्थिरता, सुशासन, बदलाव र विकास, जनउत्तरदायी–लोकतान्त्रिक अभ्यास, सिस्टम सुधार, सुशासनको आधार, दलतन्त्र विरुद्ध आम जनताको सरकार र सर्लाहीको पहिचान, सम्मान, समृद्धि र श्रेष्ठताका लागि आफूले सर्लाही–२ बाट उम्मेदवारी दिएको उनले जनाएका छन् ।
आम जनताको शासन भ्रष्टाचार मुक्त प्रशासन, सुशासनको आधार पारदर्शी एंव जनउत्तरदायी सरकार, वितीय शोषणको अन्त्य, पीडितलाई न्याय, शून्य कर नीति, उत्पादनमा वृद्धि, फराकिलो बाटो, न खाल्डाखुल्डी, न धुलोमाटो, घर घरमा नाला, बस्ती बस्तीमा ढल, मजबूत ऊर्जा पूर्वाधार सहित निःशुल्क विद्युत, बिपत्तिमा राहत, बाली बिमा, प्राकृतिक प्रकोप राज्यको जिम्मा, सीसी क्यामेरा टोलमा, बिजुली बत्ती पोलमा लगायतका लक्ष्य सहित साह चुनावी अभियानलाई तिब्रता दिएका छन् । file photo




प्रतिक्रिया