बागमतीका निलम्बित मेयर थापासहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं, २७ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले आज थापासहित सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरेविरुद्ध मुद्दा दायर गरेको हो । आयोगले दायर गरेको मुद्दामा ५८ करोड ६२ लाख १४ हजार ६ सय ५८ रुपैयाँ ९९ पैसा बराबरको बिगो दाबी गरिएको छ।

Skip This

Omoda E5 Pro