विनोद चौधरीले सार्वजनिक गरे सांसदको रुपमा तीन वर्षको रिपोर्ट कार्ड


काठमाडौं, २८ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद डा. विनोद चौधरीले यसअघिको आफ्नो संसद्को तीन वर्षे कार्यकालको विस्तृत रिपोर्ट कार्ड सार्वजनिक गरेका छन् । पश्चिम नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका चौधरीले फेशबुकमार्फत आफ्नो तीन वर्षको रिपोर्ट कार्ड पेश गरेका हुन् । यसअघि आफूले जारी गरेको ३१ बुँदे घोषणापत्रको प्रत्येक बुँदामा भएको प्रगति, उपलब्धि र कार्यान्वयनको अवस्थासहित आज रिपोर्ट कार्ड सार्वजनिक गरेका हुन् ।

जहाँ उनले भनेका छन्,-“प्रश्न सोध्न पाउनु मतदाताको अधिकार हो। गएको निर्वाचनमा मैले जारी गरेको प्रतिवद्धतापत्रअनुसार काम भयो कि भएन भनेर प्रत्येक मतदाताले मलाई सोधून् भन्ने चाहन्छु। जनताको अदालतमा उभिएर मैले गरेका प्रतिवद्धताका एक–एक जवाफ दिनु मेरो जिम्मेवारी हो। प्रश्न सोध्न पाउने जनताको अधिकार स्थापित गर्न हामीले कांग्रेस बदलेका हौं। हामीले देश बदल्छौं भनेर वाचा गरिरहँदा जनताका प्रश्नको जवाफ दिन सक्ने गरी राज्य सत्ता सञ्चालन गर्नु पर्छ भन्ने पनि बुझेका छौं।”

उनले डिजिटल प्रतिसँगै छापिएका प्रतिहरु आफ्नो सचिवालय, कांग्रेस क्षेत्रीय कार्यालय र प्रत्येक पालिका कार्यालय तथा आफ्नो निर्वाचन क्षेत्रका सबै ३४ वटै वडामा रहेका सम्पर्क कार्यालयमा उपलब्ध हुने जनाएका छन् । उनले भनेका छन्,”त्यसैले मैले गत निर्वाचनमा जारी गरेको ३१ बुँदे प्रतिवद्दतापत्रमा एक–एक बुँदाको उत्तर लिएर आएको छु। यसको डिजिटल प्रति यहीँ ९कमेन्टमा० उपलब्ध छ भने छापिएको प्रति मेरो सचिवालय, नेपाली कांग्रेसको क्षेत्रीय कार्यालय, प्रत्येक पालिका कार्यालय तथा मेरो निर्वाचन क्षेत्रका सबै ३४ वटै वडामा रहेका सम्पर्क कार्यालयमा उपलब्ध हुनेछ। म विगतप्रती जवाफदेही र भविष्यका योजना लिएर तपाईंको टोलटोलमा आउँदै छु। तपाइँहरुका अमूल्य सुझावलाई शिरोधार्य गर्दै आगामी यात्रा तय गर्नेछु। जय नेपाल!”

Skip This

Omoda E5 Pro