काठमाडौं, माघ २९ । राष्ट्रिय सभा अन्तर्गत आज दुई समितिको बैठक बस्ने तय भएको छ । संसद सचिवालयका अनुसार आज विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
आज दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापनको मस्यौदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ भने बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको दुई वर्षे कामकारबाहीको समीक्षा सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।




प्रतिक्रिया