आगामी संसद्मा राप्रपालाई निर्णायक शक्तिका रूपमा स्थापित गर्नुपर्छः अध्यक्ष लिङ्देन


सुरुङ्गा (झापा) २९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न निर्वाचनमार्फत पार्टीलाई संसद्मा निर्णयक शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।

जेसिजले आज यहाँ आयोजना गरेको ककस कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा रहेका समस्याको समाधानका लागि नवीन ढङ्गले सोच्नुपर्ने बेला आएको र त्यसका लागि आफ्नो पार्टीले आवाज उठाइरहेको बताए ।

अध्यक्ष लिङ्देनले नयाँ र पुरानाको चर्चा भइरहेको भन्दै उमेर, पार्टी, अनुहार वा पहिलो पटक उठेकै आधारमा नभइ विचारका हिसाबले त्यसको मूल्याङ्कन गरिनुपर्ने धारणा राखे ।

उनले दीर्घकालीन शान्ति र स्थायित्वका लागि निर्वाचनअघि नै नवीन राष्ट्रिय सहमति आवश्यक रहेको धारणा राखे । रासस/file photo