काठमाडौं, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले आफूमाथि लागेका अभियोगमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । आज (बिहीबार) जिल्ला अदालत कास्की पोखरामा तारिख बुझ्न पुगेका लामिछानेले पत्रकारहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् ।
उनले भने,‘सवैले न्याय अदालतबाटै पाउने भएकाले कानूनी र अदालती प्रक्रियालाई मैले सदैव सम्मान गर्छु । मुद्दा दायर भएका अदालतमा तारिख बुझ्न आफैँ उपस्थित हुनुपर्ने भएकाले त्यही अनुसार तालिका बनाएर समय व्यवस्थापन गरिरहेको छु ।’ लामिछाने तारेखको लागि विभिन्न अदालतमा धाउनुपर्ने बाध्यतामा छन् ।
माघ ६ गते उम्मेदवारी दर्ताको लागि पनि उनी भौतिक रुपमा उपस्थित् हुन सकेनन् । उनले वारेसमार्फत चितवन–२ बाट आफ्नो मनोनयन दर्ता गराएका थिए । उनी पछिमात्रै आफ्नो निर्वाचन क्षेत्रमा पुगेका थिए । लामिछानेले यो निर्वाचनमा देशभरि नै घण्टी बज्ने र रास्वपाको एकल बहुमतको सरकार बन्ने दाबी गरेका छन् । file photo




प्रतिक्रिया