निर्वाचन क्षेत्र पुगे प्रचण्ड, हिउँ खेलेका तस्विर सार्वजनिक


काठमाडौं, २९ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल आज रुकुम पूर्व पुगेका छन् । योपटकको निर्वाचनमा दाहालले रुकुम पूर्वबाट उम्मेदवारी दिएका छन् ।

आज उनी चुनावी घरदैलोको लागि सो क्षेत्रमा पुगेका हुन् । प्रचण्ड रूकुम पूर्वमा हुने पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ। रूकुम पूर्वमा ६ दिन बस्ने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ।

आज उनले रुकुममा हिउँ खेलेका तस्विर सार्वजनिक भएका छन् ।