काठमाडौं, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह आज गोरखा पुगेका छन् । चुनावी अभियान लिएर उनी आज गोरखा पुगेका हुन् । गोरखा दरबारको द्धारमा उभिएर शाहले लेखेका छन्–‘एउटा देश, एउटा नेपाल । आज गोरखा दरबार।’
गोरखा–१ मा रास्वपाबाट जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ र गोरखा–२ मा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी चुनावी प्रतिष्पर्धामा छन् । बालेन आज धादिङ पनि पुगेका थिए । यसअघि उनले कोशी र मधेश प्रदेशको यात्रा गरिसकेका छन् ।




प्रतिक्रिया