कास्कीमा मतदान स्थलः ५६ अति संवेदनशील र ५४ संवेदनशील


गण्डकी, २ फागुन । कास्कीमा आसन्न निर्वाचनमा ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल रहेका छन्। तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल १५३ मतदानस्थल मध्ये ४३ वटा सामान्य रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए।

निर्वाचन क्षेत्रअन्तर्गत कास्की क्षेत्र १ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः १९, २८ र १४ वटा मतदान स्थल छन् भने क्षेत्र २ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः सात, आठ र १८ मतदानस्थल छन्।

त्यस्तै क्षेत्र ३ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः क्रमशः ३०, १८ र ११ मतदान स्थल रहेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी लम्सालका अनुुसार मतदान स्थलको भौगोलिक अवस्थिति, भौतिक पूर्वाधारको अवस्थालगायत विषयमा जानकारी लिन स्थलगत रूपमा अनुगमन भइरहेको छ।

तीनवटै क्षेत्रमा गरी कुल ४९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकामा कूल मतदाता संख्या तीन लाख आठ हजार ५७२ जना छन्। रासस