धनगढीलाई क्रिकेटको हब बनाउने प्रेम आलेको घोषणा, २० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक


काठमाडौं, २ फागुन । नेपाली कम्युनिष्ट पार्टीका प्रभावाली नेता, पूर्वमन्त्री तथा कैलाली–५ का उम्मेदवार प्रेम बहादुर आले मगरले कैलालीको धनगढीलाई क्रिकेटको हब बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आफ्नो चुनावी प्रतिबद्धता सार्ववजनिक गर्ने क्रममा उनले धनगढीको फाप्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गरी धनगढीलाई क्रिकेटको हबको रुपमा विकार गरी युवालाई खेलकुद, अनुशासन र राष्ट्र निर्माणमा जोड्ने घोषणा गरेका छन् ।

यस्तै, उनको प्रतिबद्धताको दोस्रो नम्बर बुँदामा भने गेटामा रहेको धगगढी विमानस्थलको धावनमार्गलाई विस्तार गरी २५ सय मिटर पर्याई ठूला जहाज अवतरणयोग्य बनाएर सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हवाई सेवाको पहुँचमा जोड्ने कुरा समेटिएको छ ।

उनले आफ्नो प्रतिबद्धताको २० औं नम्बरको अन्तिम बुँदामा भने धनगढीको चटकपुरमा रहेको नेपाल आयल निगमको डिपोले मानव बस्तीको सुरक्षालाई उच्च जोखिममा पारेकोले सो स्थानबाट स्थानान्तरण गरी सुरक्षित स्थानमा राख्न पहल गरिने कुरा राखेका छन् ।