काठमाडौं, २ फागुन । नेपालका लागि नयाँ चिनियाँ राजदूत चाङ माओमिङ नेपाल आएर आफ्नो कार्यभार सम्हालेका छन् । यसअघिका राजदूत छन् सोङको बढुवा भएपछि चीन सरकारले नेपालका लागि नयाँ राजदूतमा माओमिङलाई नियुक्त गरेको थियो । उनी हिजो (शुक्रबार) काठमाडौं ओर्लिएका हुन् ।
काठमाडौं विमानस्थलमा राजदूत माओमिङलाई परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी र नेपालस्थित् चिनियाँ दूतावासका कर्मचारीले स्वागत गरेका थिए । दुई देशको हित र मित्रतालाई बढावा दिने उनको प्रतिबद्धता छ ।




प्रतिक्रिया