काठमाडौं, २ फागुन । राप्रपाको चुनावी संकल्प पत्र सार्वजनिक भएको छ । आज (शनिबार) एक कार्यक्रमको आयोजना गरेर राप्रपाले आज चुनावकेन्द्रित संकल्प पत्र सार्वजनिक गरेको हो । राप्रपाले प्रजातन्त्र र जनताको सर्वोच्चताप्रति प्रतिबद्ध रहेको उल्लेख गरेको छ । उसले नेपालमा पृथ्वीपथलाई मार्गदर्शक सिद्धान्तको रुपमा अङ्गीकार गर्ने एकमात्र दलको रुपमा आफूलाई दाबी गरेको छ ।
विगतका तीन दशकको राजनीतिलाई समिक्षा गर्दै राप्रपाले यो तीन दशक दल र ती नेताको विकासको लागि भएपनि देश र जनताको विकासको लागि नभएको पनि उसको टिप्पणी छ । अहिले मुलुकको राष्ट्रियता अत्यन्तै कमजोर अवस्थामा रहेको चित्रण गरेको छ । राप्रपाले अबको गन्तव्य नै सवल, समृद्ध र समुन्नत नेपाल–पृथ्वीपथ भनेको छ ।
राप्रपाले सुशसानको सवालमा पनि आकर्षक नारा लिएको छ । उसले ‘बरु नष्ट हुन्छौं, भ्रष्ट हुँदैनौं’ भनेको छ । सुशासनको सवालमा उसले ०४६ सालपछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति जफत गर्ने कानूनी व्यवस्था मिलाईने संकल्प गरेको छ ।






प्रतिक्रिया