काठमाडौं, २ फागुन । नेकपा (एमाले) को निर्वाचन क्षेत्र नम्बर ५ ले अध्यक्ष केपी शर्मा ओलीलाई नै भोट किन भनेर अपिल जारी गरेको छ । आज सार्वजनिक उक्त अपिलमा विभिन्न ३० बुँदा समावेश गरिएको छ । पहिलो नम्बरको बुँदामा राष्ट्रिय स्वाधीनताको रक्षा गरी लोकतन्त्रको सुदृढीकरण गर्न भनिएको छ ।
यस्तै, विदेशी हस्तक्षेप अन्त्य गर्न, जनताको खोसिएका अधिकार पुनवर्हाली गर्नको लागि पनि ओलीलाई नै भोट हाल्नुपर्ने झापा–५ को एमालेको भनाई छ । यस्तै, देशमा छाएको त्रासको वातावरण अन्त्य गरी सबै नेपालीलाई शान्तिसुरक्षाको ग्यारेन्टी गर्न, भ्रष्टाचार र कुशासनको अन्त्य गर्नपनि ओलीलाई नै मत हाल्नुपर्ने भनिएको छ ।





प्रतिक्रिया