काठमाडौं, २ फागुन । राप्रपाले वर्तमान संविधान र यस संविधानअन्तर्गतको प्रणालीबाट देशमा विद्यमान समस्याको समाधान नरहेको कुरामा पार्टी स्पष्ट रहेको बताएको छ । प्रतिनिधिसभा–२०८२ को लागि चुनावी संकल्पपत्र सार्वजनिक गर्दै राप्रपाले देशको अवस्था बदल्न वर्तमान संविधानमा संशोधन एकमात्र विकल्प हो भन्ने दाबी गरेको छ ।
बचाउन र बनाउन संविधान निर्माणमा बलियो हस्तक्षेप गर्ने शक्तिका रुपमा स्थापित गर्न ‘एक पटक र यसैपटक’ राप्रपालाई मत दिन पनि उसले भनेको छ । राप्रपाले नेपाल कहिल्यै पनि बन्द नगर्ने प्रतिज्ञा गरेको छ । नेपाल बन्द सधैंको लागि बन्द भन्ने उसको मूल नारा रहेको छ ।
सोबारे भनिएको छ,‘नेपाल बन्दको संस्कृतिले देशको आर्थिक विकासका साथै सामाजिक जनजीवनमा अत्यन्तै नकारात्मक प्रभाव पारेको छ । यस तथ्यलाई दृष्टिगत गर्दै राप्रपाले नेपाल बन्दजस्तो कार्यक्रम कहिल्यै पनि नगर्ने प्रतिबद्धता व्यक्त गर्दछ । स्वास्थ्य, हवाई, खानेपानी, विद्युत, ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानी तथा वितरण लगायत विभिन्न औद्योगिक क्षेत्रमा हड्ताल गर्न पूर्णरुपमा प्रतिवन्ध लगाईनेछ ।’ राप्रपाले नवयुवा पुस्ताको प्रमुख माग र चाहनालाई प्रभावकारी रुपमा सम्बोधन गरिनेपनि विश्वास दिलाएको छ ।





प्रतिक्रिया