काठमाडौं, ३ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले महाविशरात्रि रात्रि उपवास, जागरण र अन्तर्मनबीच सम्वाद गर्ने पर्व भएको उल्लेख गरेका छन् ।
आज महाशिवरात्रिको शुभकामना दिने क्रममा उनले पुशपतिनाथले उर्जाको तेजमय प्रवाहलाई संयममा राख्ने सामथ्र्य, विषको पीडा सामना गरेर पनि शान्त रहने धैर्य र नश्वरता सम्झदैं अनासक्त जीवन जिउने सन्देश दिएको स्मरण गराएका छन् ।
उनले लेखेका छन्–
आज महाशिवरात्रि । यो पवित्र रात्रि उपवास, जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व हो। ‘पशु’ अर्थात् बन्धनमा बाँधिएको चेतनालाई मुक्त गराउने र लोभ, क्रोध, मोह, अहंकार लगायत सबै पाश(बन्धन)हरूबाट निकालेर मनलाई स्वतन्त्र, शान्त र आनन्दित बनाउने प्रतीकात्मक स्वरूप नै पशुपतिनाथ हुन्। ऊर्जाको तेजमय प्रवाहलाई संयममा राख्ने सामथ्र्य, विषको पीडा सामना गरेर पनि शान्त रहने धैर्य र नश्वरता सम्झँदै अनासक्त जीवन जिउने सन्देश पशुपतिनाथले दिएका छन्। बाहिरको कोलाहलमा होइन, भित्रको विवेकमा सत्य निहित छ। आजको यस दिनमा सबैले विवेकको सत्य फेला पार्न सकुन् र आत्मबोधको ज्योति प्रज्ज्वलित होओस्। जय राष्ट्रदेव, महादेव भगवान पशुपतिनाथ ! हर हर महादेव! शुभ महाशिवरात्रि !




प्रतिक्रिया