काठमाडौं, ३ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चुनावी अभियानको लागि झापा पुगेका छन् । यसअघि एक साता झापा बसेका ओली आज पूनः चुनावी अभियानलाई तिव्रता दिनको लागि झापा पुगेका हुन् ।
भद्रपुर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उनले अझै पनि चुनावको ढुक्क वातावरण बनिनसकेको टिप्पणी गरे । तर, चुनवा भयो भने एमाले प्रतिष्पर्धाको लागि तयारी अवस्थामा रहेको उनको टिप्पणी थियो ।
ओलीले बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुने पनि टिप्पणी गरे । ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनि नसकेको दोहो¥याए । पार्टी चुनावको तयारीमा लागि रहेको तर ढुक्कको वातावरण बनिनसकेको उनको भनाइ थियो । file photo




प्रतिक्रिया