आज कहाँको मौसम कस्तो?


काठमाडौं, फागुन ४ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु-कुहिरो रहनेछ।कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।