काठमाडौं, फागुन ४ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको समुदायमा आधारित समाजवाद आधारित हुने बताएका छन् । चुनावी अभियानअन्तर्गत घरदैलो कार्यक्रमका क्रममा आइतबार पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोट पुगेका उनले चीन र भियतनामको मोडल पढेर त्यसबाट शिक्षा लिने तर नेपालको समाजवाद नेपाली समुदायमा आधारित मौलिक खालको हुने बताएका हुन् ।
उनले रुकुम पूर्वलाई समाजवादको उर्वर भूमि भएको उल्लेख गर्दै ‘नेपालको समुदायमा आधारित समाजवाद’ निर्माणको आधार यही क्षेत्र बन्ने उल्लेख गरे । ‘चीन र भियतनामको मोडल पढ्यौं, तर नेपालको समाजवाद नेपाली समुदायमा आधारित मौलिक खालको हुन्छ,’ उनले भने ।
सम्बोधनका क्रममा उनले पछिल्लो समय जेनजी युवापुस्ताबाट देशको सहि नेतृत्व गर्न र आन्दोनमार्फत उठाएका माग सम्बोधन गर्नका लागि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा आइरहेको उल्लेख गरे ।
सम्बोधनका क्रममा उनले पछिल्लो समय जेन्जी युवापुस्ताबाट देशको सहि नेतृत्व गर्न र आन्दोनमार्फत उठाएका माग सम्बोधन गर्नका लागि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा आइरहेको उल्लेख गर्दै भने, “जेनजीका मुख्य नेताहरूले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुनेरहेछ भनेका छन्। त्यसको अर्थ म प्रधानमन्त्री बन्न खोजेको होइन, देश र जनताको चाहना बुझ्नुपर्छ भन्ने हो।”
मैकोटसम्म गाडीमार्ग पुगेकोमा गौरव व्यक्त गर्दै उनले सहिद मार्गको अवधारणा जनयुद्धकालमै आफूले प्रस्ताव गरेको जानकारी दिए। “जनयुद्धकै बेलामा सुरु गर्ने प्रस्ताव पार्टीबाट निर्णय गराएर अघि बढाइएको मार्ग हो यो,” उनले भने। सहरतारा हुँदै चीनसम्म कालोपत्रे सडक विस्तार गर्ने आफ्नो परिकल्पना दोहोर्याउँदै उनले सहज र चिल्लो सडकबाट रमणीय मैकोट पुग्न सकिने वातावरण बनाउने लक्ष्य आफ्नो रहेको बताए। साथै, प्रधानमन्त्री हुँदा सुरु गरिएको मध्यपहाडी राजमार्गलाई अझ स्तरीय बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।
विरोधीहरूले आफू चुनाव जित्न मात्रै रुकुम आएको आरोप लगाएको प्रसंग उल्लेख गर्दै प्रचण्डले १२ जिल्लाबाट एकल सिफारिस आएको र अन्ततः रुकुम पूर्व रोजेको जानकारी दिए। “हिजोको मुख्य आधार इलाका रुकुम–रोल्पा थियो, पहिले रोल्पाबाट सुरु गरियो, यसपटक रुकुम पूर्वबाट देश निर्माणको नयाँ अध्याय सुरु हुन्छ,” उनले भने




प्रतिक्रिया