काठमाडौं, फागुन ४ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य तीन हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको तोलाको ३ लाख २ हजार ८ सयमा कारोबार भइरहेको छ।
आइतबार सुन तोलाको ३ लाख ५ हजार ८ सयमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १२५ रुपैयाँले घटेर तोलाको ४८६० मा कारोबार भइरहेको छ। यसअघि आइतबार चाँदी तोलाको ४९८५ मा कारोबार भएको थियो।




प्रतिक्रिया