काठमाडौं, ४ फागुन । निर्वाचन आयोगले सेतोपाटी अनलाईनमा प्रकाशित समारचालाई लिएर प्रेस काउन्सिललाई कारबाही गर्न अनुरोध गरेको छ । हिजो साँझ सेतोपाटीमा ‘चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेणु दाहाल दोस्रो’ शीर्षकमा समाचार लेखेको विषयमा आयोगले ध्यानाकार्षण गराउँदै काबराहीको लागि आग्रह गरेको हो ।
आयोगले काउन्सिललाई लेखेको पत्रमा भनिएको छ,‘उपर्युक्त विषयमा सेतोपाटी अनलाइनले मिति २०८२/११/०३ मा चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचनः रेणु दाहाल दोस्रो र मिति २०८२/११/०४ मा भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे वालेनको तर्क गलत छ शिर्षकमा समाचार प्रकाशन गरेको सम्बन्धमा आयोगको गम्भिर ध्यानाकर्षण भएको छ । उल्लिखित सन्दर्भमा ऐ. अनलाईनबाट गरिएको कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) मा रहेको उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने र ऐ. आचारसंहिताको दफा २५ को उपदफा (१) को खण्ड (ख) मा रहेको कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्थाको प्रतिकूल रहेको देखिदा सोउपर आवश्यक कारवाही हुन निर्णयानुसार अनुरोध छ ।’
निर्वाचन आयोगका कानून अधिकृत मोहन राज जोशीले प्रेस काउन्सिललाई पत्राचार गरेर सेतोपाटी अनलाईनलाई आवश्यक कारबाही गर्न अनुरोध गरेका हुन् ।





प्रतिक्रिया