काठमाडौं, ४ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता विशाल भट्टराईले हरेक निर्वाचनमा अब एमाले सक्कियो, दिउँसै लालटिन बालेर खोज्नुपर्छ भनेर सनातन हल्ला चल्ने गरेको भएपनि परीणाम आएपछि मान्छे छ्याङ्ग हुने बताएका छन् । देश जोगाउने र विकासको भीजन बढाउने पार्टी एमाले हो भनेर फेरि एकपटक एमालेलाई जनतालाई साथ दिने उनको दाबी छ ।
आज (सोमबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले देश जलाउनेहरु हार्ने बताए । उनले भने,‘हिजो हिंसा गर्नेहरु र देश जलाउनेहरु विस्तारै नाङ्गिदै गएका छन् । विस्तारै भण्डाफोर भइरहेको छ । अब हाम्रो पार्टी अध्यक्षलाई हराउने कुरा नगरौं, हिजो जित्दै आएका घण्टीका धेरै मान्छेहरु अहिले हार्ने सम्भावना बढेर गएको छ । स्वयम त्यो पार्टीका सभापतिको पद नै धरापमा परेको देख्दैछु ।’
भट्टराईले अध्यक्ष ओलीले झापा–५ बाट भारी बहुमतले चुनाव जित्ने दाबी गरे । चुनाव जित्नको लागि कुनै गाह«ो नभएको उनको जिकिर छ । उनले भने,‘पहिलोपटक बालेनजी झापा जाँदा बेहुलाबेहुली हेर्न गएकोजस्तो मान्छे रमिता हेर्न गएका थिए, त्यसपछि उहाँले नोमिनेशन गर्दा १० हजार पैसा चाहिन्छ भन्ने पनि थाहा छैन, फर्म भर्न पनि जानेको छैन, अहिले अलि अलि हल्ला भएको हो, भूपी शेरचनले भनेजस्तै यो हल्लै हल्लाको देश हो ।’




प्रतिक्रिया