काबुल, ४ फागुन । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले आफ्नो पछिल्लो प्रतिवेदनमा अफगानिस्तानमा गत वर्ष करिब २२ लाख नौ हजार नागरिकले मानविय सहयोगको आवश्यकता महसुस गरेको जनाएको छ । यसमध्ये करिब १२ लाख बालबालिका पनि रहेका छन् ।
प्रतिवेदन अनुसार, लगातारको खडेरी, बाढी, आर्थिक स्थिरताको कमी र बढ्दो बेरोजगारीका कारण मानविय आवश्यकताहरू उल्लेखनीय रूपमा बढेका छन् । अत्यधिक मौसमका असरले खाद्य अभाव बढेको छ ।
युनिसेफले स्वास्थ्य, पोषण, पानी र सरसफाइजस्ता महत्वपूर्ण क्षेत्रमा वित्तीय अभाव रहेको पनि औंल्याएको छ । यसले सेवा वितरणमा असर पु¥याएको छ र आवश्यक जीवनरक्षक सामग्रीको आपूर्ति अवरुद्ध हुन सक्ने चिन्ता बढाएको छ ।
प्रतिवेदनले अफगानिस्तानमा मानविय सहायता अझ तीव्र आवश्यक रहेको र तत्काल कदम चालिनुपर्नेमा जोड दिएको छ । रासस




प्रतिक्रिया