महतको दाबी : नुवाकोटको दुवै क्षेत्र जित्छौं


काठमाडौं, ४ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेस देशव्यापी रुपमा बलियो रहेको निर्वाचनमा राम्रो नतिजा ल्याउने दाबी गरेका छन् । उनले नुवाकोटका दुवै क्षेत्र चुनाव जित्ने पनि दाबी गरे । आज (सोमबार) नुवाकोट बेल्कोटगढीको फाँटापौवामा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन उनले यस्तो दाबी गरेका हुन् ।

उनले भने,‘अहिलेको चुनाव सामान्य होइन, त्यसैले कांग्रेस एकजुट भएर अघि बढेको छ। नुवाकोटमा पनि एकजुट हुन्छन् नै। हामी एक छौँ दुइटै क्षेत्र जित्छौँ। कुनै दुबिधा राख्न जरुरी छैन। जनताको दुःखसुखमा उभिने पार्टी पनि कांग्रेस हो।’

नयाँ भन्ने रास्वपाहरु सोसल मिडियामात्रै भएको भन्दै चुनाव चाहीँ कांग्रेसले जित्ने उनको टिप्पणी छ । महतले भने,‘नयाँ पार्टी त कुन दुलोबाट आउँछ कहाँ हराउँछ थाहै हुँदैन। हाम्रा अन्य प्रतिस्पर्धी दलले पनि गर्न सक्दैनन्। म अर्थमन्त्री हुँदा धेरै बजेट नुवाकोटमा ल्याएको हो। मैले धेरै लग्यो भनेर आलोचना पनि भएको थियो।’

Skip This

Omoda E5 Pro