फाल्गुन २१ को चुनाव र ६ गतेको आमसभा भव्य बनाउन तरुण दल तयारीमा जुट्यो


काठमाडौं, ४ फागुन । नेपाली कांग्रेसको सम्बद्ध नेपाल तरुण दल केन्द्रीय समितिको मधेस प्रदेशस्तरीय बैठक जनकपुरमा सम्पन्न भएको छ ।नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष विद्वान गुरुङको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले फाल्गुन ६ गते हुन गैरहेको नेपाली पार्टीको आमसभालाई भव्य बनाउन दलको केन्द्रीय सदस्य, जिल्ला कार्यसमितीलाई जिल्ला अध्यक्षमार्फत क्षेत्र ,नगर तथा गाउपालिका र वडास्तरको सम्पुर्ण तरुणहरुलाई परिचालन गर्न निर्देशन दिएका छन् ।

त्यसैगरी बैठकमा फाल्गुन २१ को चुनावमा नेपाली काङ्ग्रेसको उम्मेदवारहरुलाई जिताउन प्रदेशको सम्पुर्ण तहहरु सक्रियताको साथ परिचालित हुन अध्यक्ष गुरुङले निर्देशन दिए । सामाजिक सञ्जाल पूर्ण सक्रियताको साथ उम्मेदवारको प्रचार गर्न प्रदेशको हरेक तहमा निर्वाचन परिचालन समिति गठन गरि प्राविधिक तरिका अपनाउन जिल्ला अध्यक्षहरुलाई अध्यक्ष गुरुङको निर्देशन थियो ।