दुर्गा प्रसाईं पक्राउ परे


काठमाडौं, ४ फागुन । धर्म, संस्कृति बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरीले उनलाई आज (सोमबार) साँझ उनको भक्तपुरस्थित् निवासबाट पक्राउ गरेको हो । पक्राउ गरेर प्रहरीले अहिले उनलाई काठमाडौं प्रहरी परिसरमा ल्याएर राखेको छ ।

उनी २१ फागुनको चुनाव विथोल्ने अभिव्यक्ति दिएको कारण पक्राउ परेको बताईन्छ । यसअघि पनि उनी पक्राउ परेर रिहा भएका थिए । उनी पर्सा जाने क्रममा काठमाडौंको दक्षिणकालीनजिकबाट पक्राउ परेका थिए । उनको पक्राउलाई लिएर राजावादी अभियन्ताहरुले भने विरोध जनाएका छन् ।