दुर्गा प्रसाईंलाई अविलम्ब र बिनाशर्त रिहा गरियोस् : राप्रपा प्रवक्ता श्रेष्ठ


काठमाडौं, ५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न माग गरेका छन् । रातको समयमा प्रसाईंलाई फेरि पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र उदांगो पारेको उनको भनाई छ । सरकार देशलाई मुठभेडतर्फ धकेल्ने प्रपञ्ज गरिरहेको उनको टिप्पणी छ ।

उनले फेशबुकमार्फत लेखेका छन्–‘रातको समयमा दुर्गा प्रसाईलाई फेरि पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र उदांगो पारेको छ। सरकार देशलाई मुठभेडतर्फ धकेल्ने प्रपञ्च गर्दैछ। बिना कारण एउटै व्यक्तिमाथि प्रतिशोध साँधेर पटकपटक पक्राउ गर्नुले सरकारको तानाशाही चरित्रको पुष्टि हुन्छ। प्रसाईलाई अविलम्ब र बिना शर्त रिहा गरियोस् ।’