काठमाडौं, ५ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेश जनविद्रोह केवल आन्दोलनमात्र नभएर मधेशको आत्मसम्मानको घोषणापत्र थियो भनेर दाबी गरेका छन् । गोली, दमन र षड्यन्त्रकाबीच उभिएर अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै आज मधेशको वास्तविक प्रतिनिधि रहेको उनको भनाई छ ।
शहिदहरुको बलिदानले बनाएको संघीयताको आधारलाई कमजोर पार्न खोज्नेहरु धेरै रहेको भएपनि त्यसको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्रै रहेको यादवको भनाई छ । उनले फेशबुकमा लेखेका छन्–
मधेश जनविद्रोह केवल आन्दोलन थिएन, त्यो मधेशको आत्मसम्मानको घोषणापत्र थियो । गोली, दमन र षड्यन्त्रका बीच उभिएर अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै आज मधेशको वास्तविक प्रतिनिधि हो। शहिदहरूको बलिदानले बनाएको संघीयताको आधारलाई कमजोर पार्न खोज्नेहरू धेरै छन्, तर त्यसको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्रै छ ।
अब निर्णय तपाईँको हातमा छ( इतिहास लेख्ने कि इतिहास मेट्ने रु आफ्नो अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्वका लागि संघर्ष गरेको शक्तिलाई मतदान गरौँ । विभाजन र भ्रमभन्दा माथि उठेर, आफ्नो अधिकार सुरक्षित गर्ने शक्तिलाई मतदान गरौँ । भारी बहुमतले विजयी बनाएर मधेशको आवाजलाई निर्णायक बनाऔँ ।




प्रतिक्रिया