काठमाडौं, ५ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चुनावी प्रतिबद्धतापत्र आज सार्वजनिक गर्ने भएका छन् । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा झापा–५ बाट उम्मेदवार रहेका ओलीले आज दिउँसो ३ बजे चुनावी प्रतिबद्धता सार्वजनिक गर्ने भएका हुन् ।
दमकस्थित् अमरसिंह चोकमा एक कार्यक्रमको आयोजना गरेर उनले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागेका हुन् । यसअघि एमालेको सो क्षेत्रका पार्टी कमिटीले ओलीलाई किन भोट भनेर यसअघि नै ३० बुँदे पर्चा सार्वजनिक गरेको थियो ।
पार्टीको मूल घोषणापत्र पनि यही साता सार्वजनिक गर्ने एमालेको तयारी छ । ओली आजै साँझ काठमाडौं आउने भनिएको छ ।




प्रतिक्रिया