प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति


काठमाडौं, ५ फागुन । हिजो राति पक्राउ परेका दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालयले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनीविरुद्ध अफवाह फैलाएर सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोप छ ।

उनलाई हिजो आफ्नै निवासबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।