काठमाडौं, फागुन ६ । अरनिको राजमार्गअन्तर्गत बनेपा बसपार्क नजिकै टिप्प्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपा तनावग्रस्त बनेको छ । बुधबार बिहान करिब ८ः१५ बजेको समयमा बनेपा चारदोबाटोबाट तीनदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१ ००४ क ३४२३ नम्बरको टिप्परको ठक्करबाट सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०६२ प ९१८९ नम्बरको स्कुटरदलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमा नै मृत्यु भएको हो ।
टिप्परको ठक्करबाट धुलिखेल नगरपालिका–४ खड्पुका ३१ वर्षीय अमन प्रधानको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । टिप्परको ठक्करबाट मृत्यु भएका युवाको शव हतारहतार अस्पताल पठाएको भन्दै आक्रोशित स्थानीयवासीले दुर्घटनामा संलग्न टिप्परमा तोडफोड तथा आगजनी गरेका छन् ।
आक्रोशित स्थानीयले टिप्परमा तोडफोड र आगजनी गर्ने क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ । घटनामा संलग्न रहेको टिप्परले निर्माणाधिन सूर्यविनायक–धुलिखेल सडक निर्माण आयोजनाअन्तर्गत साँगा–धुलिखेल सडक खण्डको निर्माण समग्री बोकेको थियो । स्थिती नियन्त्रणमा लिन प्रहरीले अश्रग्याँस प्रहार गरेको छ। दु्र्घटनाका कारण लामो समय सडक अवरुद्ध यात्रुहरुले दुःख पाएका छन्।




प्रतिक्रिया