इरान–अमेरिका वार्ताले सकारात्मक परिणाम निकाल्नेमा संयुक्त राष्ट्रसङ्घ आशावादी


न्युयोर्क, ६फागुन । संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेरेसले इरान र अमेरिका बिचको वार्ताले निर्णायक र रचनात्मक परिणाम ल्याउने आशा व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले पत्रकारहरूसँगको साक्षातकारमा इरान र अमेरिकाबिचको अप्रत्यक्ष वार्ताको निरन्तरतालाई स्वागत गरेका छन् । जसको पहिलो चरण ओमानले आयोजना गरेको थियो भने दोस्रो चरण स्विजरल्याण्डको जेनेभामा भएको थियो ।

गुटेरेसले वार्ताले क्षेत्रीय तनाव तथा युद्धको अन्ते गरी दिगो व्यवस्यापन गर्ने आशा व्यक्त गर्दै संयुक्त राष्ट्रको बडापत्र अनुसार द्वन्द्व समाधान गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

तेहरान र वासिङ्टन बिचको अप्रत्यक्ष वार्ता फेब्रुअरी – ६ मा ओमानको राजधानी मस्कटमा सुरु भएको थियो । जहाँ इरानी र अमेरिकी प्रतिनिधिमण्डलले जेनेभामा दोस्रो चरणको वार्ता गर्न सहमत हुनु अघि ओमानी मध्यस्थता मार्फत विभिन्न दृष्टिकोण आदान–प्रदान गरेका थिए । रासस