उत्तरी जापानमा हिउँले पुरियका तीन जनाको उद्धार


टोकियो, ६ फागुन। उत्तरी जापानमा बुधबार हिउँमा पुरिएका तीन जनालाई उद्धार गरिएको र उद्धार गरिएका मध्ये एक जनालाई बेहोस अवस्थामा फेला परेको स्थानीय मिडियाले जनाएको छ ।

नजिकैका एक जना बासिन्दाले आपतकालीन सेवालाई खवर गरे पछि होक्काइडो प्रान्तको सप्पोरो शहर स्थित भवनको छतबाट खसेको हिउँमा गाडिएको अवस्थामा उनीहरुलाई उद्धार गरेको स्थानीय अग्निशमन विभागलाई उद्धृत गर्दै क्योडो न्यूजले रिपोर्ट गरेको छ ।

अग्नि नियन्त्रकहरूले घटनाको पुष्टि गर्दै बेहोसी अवस्थामा फेला परेका एक जनालाई अस्पताल लगिएको जनाएका छन् ।

स्थानीय मौसम विज्ञानका अनुसार प्रभावित क्षेत्रको तापक्रम २.९ डिग्री सेल्सियस थियो, जुन सामान्यतया मार्चको सुरुमा रेकर्ड गरिएको थियो ।

हिउँले पुरिएको भवन कम्पनीको गोदाम रहेको जनाइएको छ भने स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेको छन् । रासस