काठमाडौं, ६ फागुन । संयुक्त राष्ट्रिय शान्तिपूर्ण नागरिक आन्दोलन परिचालन समितिले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेको छ । बोलेकै भरमा प्रसाईंलाई पक्राउ गरेर वर्तमान सरकारले सिंगो कानूनको धज्जी उडाएको समितिको आरोप छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले प्रसाईं आवाजविहनी नेपाली जनताको आवाज भएकोले बिनाशर्त रिहाईको लागि जोडदार माग गरेको छ । समितिले प्रसाईंमाथि अमानवीय व्यवहार गरेको भन्दै घोर भत्र्सना पनि गरेको छ ।
प्रसाईंको रिहाईको लागि नागरिक बचाउ दल नेपालका सभापति माधव कल्पित, नेपाल समावेशी पार्टीका सभापति मोतीलाल भारती, समाव विचार समन्वय सहकार्य अभियानका अध्यक्ष ऋषि बाबु परियार, नेपाली जनता पार्टीका अध्यक्ष केशव कुमार पोखरेल, राष्ट्रिय एकता पार्टीका अध्यक्ष उमा श्रेष्ठ हिमा, आधुनिक नेपाल समाजवादी पार्टीका अध्यक्ष कृष्ण गोपाल बञ्जरा, नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौला, देशभक्त समाजका अध्यक्ष द्रोण अधिकारी, अधिवक्ता रामशरण घिमिरे, संकट मोचन समाजका अध्यक्ष अनिल योगी, प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष तारानाथ लुईंटेल, नागरिक बचाउ दल नेपालका काठमाडौं सभापति लिखित चन्द्र श्रेष्ठ, हिन्दू अभियन्ता राम भण्डारी, गोर्खाली मिडिया प्रा.ली. निर्देशक मनोजकुमार सापकोटा, राम राज्य परिषदका अध्यक्ष जगतबहादुर थापा, नागरिक बचाउ दल नेपालका ललितपुर सभापति राजु श्रेष्ठ, उद्यमी÷व्यवसायी लक्ष्मी खड्का, विमा व्यवसायी प्रकाश श्रेष्ठलगायतले प्रतिबद्धतापत्र जाहेर गरेका छन् ।
उनीहरुद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘यस घट्नाप्रति हामी तपसिल बमोजिमका राजनीतिक दल तथा सामाजिक संघ–संस्थाहरुको तर्फबाट घोर भत्र्सना व्यक्त गर्दछौं । कुनै पनि नागरिकलाई पक्राउ गर्दा नेपालको संविधान, प्रचलित कानून तथा मानवअधिकारका अन्तर्राष्ट्रिय मापदण्डहरुको पूर्ण पालना गरिनुपर्दछ । नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा व्यक्तिगत स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि कार्य अस्विकार्य छ । एउटै व्यक्ति र एउटै विषयमा पटक पटक पक्राउ गरि छाड्ने कार्यले विधिको शासनमाथि गम्भीर प्रश्न उठाएको छ ।’ प्रसाईंमाथि गरिएको व्यवहारलाई लिएर उनीहरुले निन्दा गरेका छन् ।
उनीहरुले सरकार र नागरिक बचाउ महाअभियानबीच भएको १२ बुँदे सम्झौता तत्काल कार्यान्वयन गर्न पनि माग गरेका छन् । प्रसाईंलाई रिहा नगरिए आफूहरु आन्दोलनमा उत्रिन बाध्य हुने पनि उनीहरुको चेतावनी छ ।
नेपाली कांग्रेस विपीका केन्द्रीय सदस्य तथा नेपाल बचाउ इतिहासका सहअध्यक्ष माधवप्रसाद लामिछानेले प्रसाईंलाई पक्राउ गरिएकोमा घोर भत्र्सना गरेका छन् । प्रसाईंको बिनाशर्त र शिघ्र रिहाईको लागि जोडदार माग गरेका छन् । प्रसाईंले अघि सारेको माग सम्बोधन गर्न पनि सरकारलाई आग्रह गरे । प्रसाईंलाई रिहा नगरिए आन्दोलन आँधीबेहरीको सिर्जना गर्ने र २१ फागुनको निर्वाचन नै नहुने अवस्था सिर्जन ागर्न सकिने चेतावनी दिए ।
नागरिक बचाउ दल नेपालका सभापति माधव कल्पितले कार्यक्रम सञ्चालन गरेका थिए ।




प्रतिक्रिया