कांग्रेसले आज जनतासँग प्रश्नोत्तर गर्दै, संसारभरबाट प्रश्न सोध्न सकिने


काठमाडौं, फागुन ७ । नेपाली कांग्रेसले आज चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आम जनताका प्रश्नको उत्तर दिने भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गर्दै कांग्रेस सभापति गगनकुमार थापाले आम जनतासँग खुला प्रश्नोत्तर गर्ने तयारी रहेको छ ।

हिजो जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञापत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति थापाले आज दिउँसो १ बजेदेखि ‘हाम्रो प्रतिज्ञा–तपाईको प्रश्न’ कार्यक्रममा जनताका सवालको सामना गर्न लागेका हुन् । कार्यक्रममा सभापति थापाले प्रतिज्ञापत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने छन् ।

प्रश्न लिनु अघि सभापति थापाले प्रतिज्ञापत्रको संक्षेपमा जानकारी गराउने गराउनेछन्। प्रस्नोत्तर कार्यक्रममा कालागि प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रूपमा प्रश्न सोध्न सकिने र त्यसमा प्रत्यक्ष रूपमा सभापतिले जवाफ दिने व्यवस्था मिलाइएको छ ।