काठमाडौं, फागुन ७ । नेकपा (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति आज घोषणापत्र सार्वजनिक गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले काठमाडौंबाट घोषणापत्र सार्वजनिक गर्ने तालिका छ ।
अहिले बिहान १२ बजे नयाँ बानेश्वरस्थित दि एभरेष्ट होटलमा सार्जजनिक हुने घोषणापत्रमा समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखिने एमालेले जनाएको छ ।
मुलुकमा स्थिरता, विकास र सुशासन कायम गर्नका निम्ति नयाँ सत्तासमीकरण आवश्यक परेको उल्लेख एमालेले घोषणापत्रमा समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई प्रमुख मुद्दा बनाएको जनाइएको छ ।




प्रतिक्रिया