फेरि उकालो लाग्यो सुनचाँदीको मूल्य, कति पुग्यो?


काठमाडौं, फागुन ७ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य बढेर प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आज चार हजार तीन सय रूपैयाँले सुनको मूल्य बढेको हो।
.
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ सय ८० रुपैयाँले बढ्दै ५ हजार ६० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली
बजारमा चाँदी प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको थियो ।