काठमाडौं, ७ फागुन । नेकपा (एमाले) ले झापा–५ मा आक्रामक चुनावी प्रचार थालेको छ । अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको सो क्षेत्रमा एमालेले हिजोबाट निर्वाचनको प्रचार प्रसारलाई लक्षित गरी नयाँ शैली अपनाएको छ । एमालेले कमल गाउँपालिकामा युवाहरूको मार्च पास कार्यक्रम आयोजना गरेको छ ।
झापा क्षेत्र नं। ५ अन्तर्गत पर्ने कमलका दुई अलग स्थानबाट मार्चपास शुरु भएको थियो । साविक लखनपुर खण्डका ५,६ र ७ का युवाहरूले लखनपुर चोकदेखि पाडाजुङ्गीसम्म एमालेको पक्षमा प्रदर्शन गरेका थिए । यस्तै साविक तोपगाछी खण्डका युवाहरूले केराधाप चोकदेखि केर्खासम्म मार्च पास गरेको नेकपा ९एमाले० गाउँ कमिटी अध्यक्ष हरि ढकालले जानकारी दिए ।
मार्चपासपछि पाडाजुङ्गीमा आयोजित कोणसभामा पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समिति संयोजक देवेन्द्र दाहालले यो क्षेत्रको मात्र नभई समग्र देशलाई नै विकासको नेतृत्व दिने पार्टी एमाले मात्र भएको बताएका थिए ।




प्रतिक्रिया