काठमाडौं, ७ फागुन । नेकपा (एमाले) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। आज (बिहीबार) काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष केपी शर्मा ओलीले पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
एमालेले बनाउँछ भन्ने मूल नारा बोकेर ल्याईएको घोषणापत्रमा एमालेले विकासका लागि भनेर पाँच आधारभूत घोषणा गरेको छ । यस्तै, मन्त्रिपरिषद्को पहिलो बैठकबाट तत्काल थाल्ने ११ काम पनि अघि सारेको छ । र, समृद्धिको स्तम्भ २५ भनेर उसले घोषणापत्र सार्वजनिक गरेको छ ।
विकासका लागि पाँच आधारभूत घोषणाः
१. आर्थिक सामाजिक विकासः
-७.५ आर्थिक वृद्धि दर । १० लाख नेपाली गरिबीबाट मुक्त । मानव विकास सूचकाङ्कमा पाँच बिन्दुको सुधार ।
२. भूकम्पपछिको पुनर्निर्माणः
- ८ लाख ५० हजार निजी आवास निर्माण । ७५ सय विद्यालय र १५ सय स्वास्थ्य संस्थाको स्वास्थ्य क्षेत्रका संरचनाको पुनर्निर्माण । सांस्कृतिक सम्पदाको जगेर्ना ।
३. पूर्वाधार विकासमा क्रान्तिः - नेकपा (एमाले) नेतृत्व सरकार रहँदा प्रतिदिन पाँच किलोमिटर सडक कालोपत्रे । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन । आधुनिक रेल र सुरुङमार्गको सुरुवात ।
४. राष्ट्रिय गौरवका योजनाहरूः
-लोडसेडिङकोे अन्त्य र ऊर्जा निर्यात । अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची आयोजना । सङ्घीय संरचनाहरूको निर्माण ।
५. डिजिटल नेपाल र सुशासनः
-७७ जिल्लामा फोरजी (द्धन्) सेवा विस्तार । अनुगमनका लागि ‘एक्सन रुम’ । ६५ जिल्लामा स्वास्थ्य बीमाको पहुँच ।
मन्त्रीपरिषद्को पहिलो बैठकपछि थाल्ने ११ कामः
१. १० जिबी इन्टरनेट डाटाः
- १८ देखि २८ वर्ष उमेर समूह युवाहरूलाई एक वर्षका लागि १० जिबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध ।
२. युवा र उद्यमीलाई हजार बराबरको डलर कार्डः - डिजिटल स्वतन्त्रता र विश्वव्यापी पहुँचका लागि स्टार्टअप, आईटी÷टेक उत्पादन, डिजिटल मार्केटिङका लागि । विदेशमा कम्पनी स्थापना गर्न र सेयर खरिद गर्न सहज । १० लाख युवालाई स्वरोजगार ।
३. वैदेशिक रोजगारीमा रहेकाहरूको खातामा पाँच हजार र सामाजिक सुरक्षामा निरन्तरताः - विप्रेषण पठाउने श्रमिकको बैङ्क खातामा वार्षिक थप पाँच हजार बोनस । वैदेशिक रोजगारीमा जाने सबै श्रमिकलाई योगदानमा आधारित समाजिक सुरक्षा प्रणालीमा निरन्तरता ।
४. विद्यार्थीलाई २० लाख निव्र्याजी ऋण, पारिश्रमिकसहित इन्टर्नशीपः - शिक्षा र अनुभवको ग्यारेन्टी रु. २० लाख प्राविधिक उच्च शिक्षाका लागि निव्र्याजी ऋण । पारिश्रमिकसहितको इन्टर्नशीप । सरकारी सेवा, निजी क्षेत्र र अध्यापन क्षेत्रमा न्यूनतम पारिश्रमिकसहितको व्यवस्था ।
५. सबै विद्यालयका किशोरीलाई निःशुल्क प्याड । १० कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा ।
६. श्रमिकहरूको न्यूनतम पारिश्रमिक २५ हजारः - २५ हजार रुपैया मासिक न्यूनतम पारिश्रमिक । श्रमिकहरुको सीप र उत्पादकत्व बढाउने । औपचारिक, अनौपाचारिक, स्वरोजगारी वा ज्याला रोजगारी सबैका लागि ।
७. शिक्षकको मर्यादा र सामाजिक सुरक्षाः - शिक्षकको मर्यादाक्रम तोक्ने । सबै विद्यालयका शिक्षकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्ने ।
८. स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता र सामाजिक सरक्षाः - स्वास्थ्य स्वयंसेविकाको वार्षिक भत्ता २० हजार पु¥याउने । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्ने ।
९. २० लाखसम्म उद्यमी महिला निव्र्याजी ऋण, २० हजार सुत्केरी महिला भत्ता र पाँच लाखको निःशुल्क जीवन बीमाः - उद्यमी महिलालाई २० लाख निव्र्याजी ऋण उपलब्ध । २० हजार सुत्केरी पोषण भत्ता । घरदेखि अस्पतालसम्मको यातायात खर्च दोब्बर गरिने
१०. २५ हजारसम्मको ऋण मिनाहा, सामाजिक सुरक्षाः - विपन्न परिवारलाई राहतका लागि २०८२ भदौसम्म राज्यद्वारा गरीब परवारको रूपमा पहिचान भएकाहरुले लिएका २५ हजारसम्मको ऋण मिनाहा ।
११. सुरक्षाकर्मीको सम्मान र कल्याणः
-बहालवाला तथा अवकाशप्राप्त सुरक्षाकर्मीको सम्मान र कल्याण सुनिश्चत गरिने । पेशागत मर्यादा, स्वास्थ्योपचार र सीप विकास गरिने ।
समृद्धिका २५ स्तम्भहरूः
१. हाम्रो अर्थः आधा दशकमा सय खर्ब– एक दशकमा दुई सय खर्ब
२. मर्यादित श्रमः स्वदेशमै रोजगारी, स्वदेशमै काम
३. सुरक्षित, सम्मानजनक वासः आधुनिक, नागरिकमैत्री आवास
४. गतिशील गाउँ, आधुनिक सहर–आर्थिक विकासको नयाँ लहर
५. सहरको स्वच्छता, पूर्वाधारको पूर्णता–सम्मुनत सहर हाम्रो प्रतिबद्धता
६. स्वच्छ पानी, सफा आँगन–स्वस्थ नेपाली हाम्रो अभियान
७. उद्योग क्षेत्रको विस्तार, उत्पादनमा बृद्धि–२० प्रतिशत योगदान, राष्ट्रको समृद्धि
८. आयात घटाउने, निर्यात बढाउने–भुक्तानी सन्तुलन राष्ट्रिय पक्षमा ल्याउने
९. आधुनिक खेती, उन्नत व्यवसायः कृषिमै रोजगारी, पर्याप्त आय
१०.हरियो बन, समुदायको धन–संरक्षण, उपयोग, दिगो व्यवस्थापन
११. सहकारीमा सुशासन र पारदर्शिता–बचतकर्ताको हित, हाम्रो प्रतिबद्धता
१२. पर्यटकको बृद्धि, लामा बसाइ–गाउँ, सहरमा काम र कमाइ
१३. खेतीयोग्य जमिनमा कुलो र नहर–बाह्रै महिना सिँचाइ, खाद्यन्नमा आत्मनिर्भर
१४. गुणस्तरीय शिक्षा, उन्नत प्रविधि–ज्ञानयुक्त नागरिक, देशका निधि
१५. स्वस्थ खाना, योग÷व्यायाम–निरोगी नेपालको महाअभियान
१६. डिजिटल पूर्वाधार–विकास र सुशासनको आधार
१७. सुरक्षित यातायात, आधुनिक पूर्वाधार–दिगो विकास, समृद्धिको आधार
१८. स्वच्छ ऊर्जा, स्वदेशमा खपतः हरित विकास, विदेशमा निर्यात
१९. पुननिर्माण र नयाँ निर्माण
२०. सुदृढ वित्तीय प्रणालीः उत्पादनशील लगानी
२१. सिर्जनशीलता युवा, नवीन विचार–समाज रुपान्तरणको सुदृढ आधार
२२. ऊर्जावान् खेलाडी, देशको शान–खेलकुदको विकास, राष्ट्रको मान
२३. सफा हात, स्वच्छ प्रशासन–गुणास्तरीय सेवा, जनप्रिय शासन
२४. सबैसँग मित्रता, छैन कसैसँग शत्रुता
२५. नेपालका सद्भाव दूत, एनआरएनको सम्मानः मातृभूमिको विकासमा सार्थक योगदान




प्रतिक्रिया