काठमाडौं, फागुन ८ । प्रधानमन्त्री सुशीला कार्कीले मुक्तिनाथ दर्शन गरेकी छन्। नेपाली सेनाको एनए ०५८ कल साइन अगुस्ता हेलिकप्टरबाट आज बिहान मुस्ताङको जोमसोम पुगेकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथको दर्शन गरेकी हुन् । उनले आज त्यहाँको निर्वाचन निर्वाचनको अवस्थाका बारेमा जानकारी लिने छिन् । त्यसपछि उनले सुरक्षा निकायका प्रतिनिधिसँग छलफल गर्ने तालिका रहेको छ ।
प्रधानमन्त्री कार्की आज पोखरामा बास बसेर भोलि बिहान लुम्बिनी प्रदेश तालिम केन्द्रमा प्रदेश स्तरीय निर्वाचन प्रशिक्षण कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्कने भ्रमण तालिका रहेको छ ।




प्रतिक्रिया